close

निसीखोलामा चट्याङ लागेर नरमति र ज्ञानमलाको मृत्यु

निसीखोलामा चट्याङ लागेर नरमति र ज्ञानमलाको मृत्यु

Trulli
ADVERTISEMENT

बागलुङको निसीखोलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति निसीखोला गाउँपालिका वडा नम्बर ३ की ६६ वर्षीया नरमति घर्ती र वडा ६ गुमकी १६ वर्षीया ज्ञानमला परियारको मृत्यु भएको हो ।

चट्याङ लाग्दा वडा नम्बर ६ की ३३ वर्षीया ननसरा परियार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते परियारको निसी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताए ।

घर्ती आफन्तको घरमा पाहुना बस्न गएको बेला राति ८ बजे चट्याङ लागि घाइते भएको र उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उनको उपचारको क्रममा पौने २ बजेनै मृत्यु भएको प्रहरीले जनाएको छ ।