close

रत्ननगर नगरपालिकामा नि:शुल्क सार्वजनिक शौचालय

रत्ननगर नगरपालिकामा नि:शुल्क सार्वजनिक शौचालय

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाको बकुलहरमा नि:शुल्क सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

लायन क्लब अफ रत्ननगर स्टारले निर्माण गरेको सार्वजनिक शौचालयको बुधवार रत्ननगर नगरपालिकाका प्रमुख (मेयर) प्रल्हाद सापकोटाले उद्घाटन गरे ।

मेयर सापकोटाले खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालय व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए । उनले पूर्ण सरसफाई नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

रत्ननगरको हरिहर पार्टी प्यालेस, होटल पौवामा हुने विभिन्न सभा समारोहमा आउने व्यक्ति तथा अन्य नागरिकलाई सहज होस् भन्ने उदेश्यले शौचालय निर्माण गरिएको लायन क्लव अफ रत्ननगर स्टारका अध्यक्ष लायन डा. योगेन्द्रराज पन्तले बताए ।

रत्ननगरलाई व्यवस्थित नगरका रुपमा विकास गर्नका लागि शौचालयले सहयोग पुर्‍याउने उनले बताए ।