close

आजको मौसमः कतै मध्यम वर्षा कतै भारी वर्षा

आजको मौसमः कतै मध्यम वर्षा कतै भारी वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महमशाखाले जनाएको छ ।