close

तीन दिनको मौसम : केही स्थानमा भारी वर्षा

तीन दिनको मौसम : केही स्थानमा भारी वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

भोलि (बुधबार) देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।