close

डुम्रे-बेसीसहर सडक पुनः अवरुद्ध

डुम्रे-बेसीसहर सडक पुनः अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

लमजुङ । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको रेग्मीले बताए ।

आकस्मिक कामका लागि बेसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् ।

गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ ।

पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।