close

आजको मौसम: तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच आज गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।