close

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

आज बिहान ८:१० बजेको समयमा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका चितवनले जनाएको छ ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।