close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखामले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । बिहानैदेखि काठमाडौं उपत्यका लागयात बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।