close

लालपुरमा करेन्ट लागेर एकको मृत्यु

लालपुरमा करेन्ट लागेर एकको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षीय शत्रुधन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि मोटर, पम्पसेट लगायतबाट सिँचाइ गर्ने गरेका छन् ।