close

मेलम्ची खोलाको धार परिवर्तन, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

मेलम्ची खोलाको धार परिवर्तन, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ ।

मेलम्ची खोलाले धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको हो ।

गएराति मेलम्ची खोलाको बहाव बढेर किउलको गणेसेबगरमा बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएकाे स्थानीयले बताएका छन् ।

अवरुद्ध सडकखण्डमा मर्मतकाे काम भइरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

केही घण्टामा सडक सुचारु हुने अध्यक्ष शेर्पाले बताए ।