close

दाउन्नेमा बस पल्टिएर आगो लाग्यो, ३१ जना घाइते

दाउन्नेमा बस पल्टिएर आगो लाग्यो, ३१ जना घाइते

Trulli
ADVERTISEMENT

नवलपुर । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । 

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । 

बसमा ३१ जना सवार रहेको र घाइते चार जनाको अवस्था गम्भीर रहेको पाठकले बताए ।

घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्य घाइतेको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

चालक फरार रहेको र खोजी भइरहेको डिएसपी पाठकले बताए ।