close

कोरोनाबाट प्रभावितलाई गाउँपालिकाद्वारा राहत वितरण

कोरोनाबाट प्रभावितलाई गाउँपालिकाद्वारा राहत वितरण

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ ।

सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले छ वटै वडाका कोभिड प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको हो । 

आर्थिक वर्ष ०७८/७९ मा सङ्घ सरकारबाट प्राप्त भएको रु २७ लाख राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० जनालाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका, समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए । 

“अघिल्लो आवमा नै रकम प्राप्त भएको थियो, उक्त अवधिमा ढिलाइ भएपछि अहिले वितरण गर्न थालेका हौँ”, उपाध्यायले भने । उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ । बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिसकिएको छ । 

वडा नम्बर १ मा ८७, वडा नम्बर २ मा ५९, वडा नम्बर ३ मा ६१, वडा नम्बर ४ मा ९, वडा नम्बर ५ मा ५२ र वडा नम्बर ६ मा एक जनालाई राहत वितरण गरिनेछ ।

राहत वितरणका लागि वडा कार्यालयबाट निवेदन माग गरिएको थियो । वडा कार्यालयमा प्राप्त भएका निवेदन वडा समितिले छनोट गरी गाउँपालिकामा सिफारिस गरेको थियो । गाउँ कार्यपालिकाले उक्त सिफारिस निर्णय गरी गाउँसभाबाट पास गरेको थियो ।