close

इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना संप्रेषण गरी राज्यलाई  सात अर्ब राजस्व असुलका लागि सहयोगी भूमिका निर्वाह गरेकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।

शनिबार  काठमाडौँमा  आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद  एक लाख राशी र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका थिए ।

त्यसैगरी, मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरे । 

मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गरे । 

टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायत पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुवात  गरेकामा खुसी व्यक्त गरे ।