close

आइतबारदेखि दल दर्ता: कैदीबन्दी र सुरक्षाकर्मीलाई मतदान गर्न दिने तयारी

१० लाख मतदाता थापिने

आइतबारदेखि दल दर्ता: कैदीबन्दी र सुरक्षाकर्मीलाई मतदान गर्न दिने तयारी

१० लाख मतदाता थापिने

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, कैदीबन्दी, सुरक्षाकर्मी र आश्रममा रहेका वृद्धवृद्धालाई मतदान गर्न दिने तयारी गरेको छ ।

समानुपातिकतर्फको अस्थायी मतदाता कायम गरि उनीहरूको मताधिकार सुनिश्चित गर्न आयोगले गृहकार्य गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दी मतदान गर्नबाट बञ्चित भएका थिए । तर पछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।

१० लाख मतदाता थपिने

आयोगले आउँदो निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताए ।

उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए । यस्तै निर्वाचन आयोगप्रति उत्तरदायी हुनेगरी निर्वाचन सुरक्षा प्रणालीको व्यवस्था गर्न लागेको पनि थपलियाले बताएका छन् ।

आइतबारदेखि दल दर्ता

आयोगले आगामी निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यसबारे जानकारी दिएका हुन् । यस्तै आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।

उनले भने– ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’

उनले मिडियालाई आयोगको तर्फबाट सूचना प्राप्तिका लागि सहयोग गर्ने उल्लेख गरे ।