close

एकै भवनबाट ४३ वटा साइनबोर्ड हटाइयो

एकै भवनबाट ४३ वटा साइनबोर्ड हटाइयो

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो दिन २६० वटा साइन बोर्ड हटाएको छ । महानगरपालिकाको अनुसार दोस्रो दिन बानेश्वर, पुतलीसडक, महाराजगञ्ज, कालीमाटी क्षेत्रका साइन बोर्ड हटाएको हो । महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित रुपमा राखिएका साइन बोर्ड हटाउँदै आएको छ  । 

 पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ ।

पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा)बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले बताए।  

पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाइएको थियो ।