close

चन्द्रागिरीमा बृहत खानेपानी आयोजना सञ्चालनमा आउने

चन्द्रागिरीमा बृहत खानेपानी आयोजना सञ्चालनमा आउने

Trulli
ADVERTISEMENT

काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा करिब एक अर्बको लागतमा बृहत खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ । बुधबार दिउँसो नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले सो आयोजना सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

आयोजना सञ्चालनको लागि एसियाली विकास बैंकले सहयोग गर्ने भएको छ ।   नगर प्रमुख गिरीका अनुसार सरकार खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी विभागले एसियाली विकास बैंकको सहयोगमा नगरपालिकाको विभिन्न वडालाई सहज हुने गरि बृहत् खानेपानी योजना स्वीकृत भएको हो।

एक महिना भित्र नै उपभोक्ता समिति गठन भई सर्वेक्षण गरी डिजाईनको कार्य शुरू हुने उनले बताए। खानेपानी विभागका प्रतिनिधिका अनुसार यो किसिमको योजना दक्षिण एसियाकै नमुना योजना साबित हुने उनले बताए। 

गुणस्तर मापदण्ड सहिता संचालन हुने उक्त योजनाको बढीमा १ वर्षमा सर्भे डिजाईनको कार्य सकिने र सो पश्चात् निर्माण कार्य शुरू हुने उनको दावी छ । 'देशभरिकै २० पालिकामध्ये उक्त योजना चन्द्रागिरि नगरपालिकामा पनि सञ्चालन हुन लागेको हो,' उनले भने, 'हाललाई वडा नं १२ र १४ मा उक्त योजना सुरू हुने र वडा नं ११ र १३ मा पनि उक्त योजना संचालन हुनेछ  र भविष्यमा नगर भरि नै यस किसिमको योजना संचालन हुनेछ ।' यस योजना अन्तर्गत जलवायु परिवर्तनका नकरात्मक असरहरू कम गर्ने उनकाे विश्वास छ  ।