close

एक साता हिडेर मतदान केन्द्रमा...

एक साता हिडेर मतदान केन्द्रमा...

Trulli
ADVERTISEMENT

गोरखा । चुमनुब्री गाउँपालिकामा झण्डै एकसाता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । भौगोलिक रुपमा विकट सो क्षेत्रमा सडक । यातायातको सुविधा नभएपनि पैदलमार्फत मतदान केन्द्र पुगेका हुन् । 

चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले बताए । विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेको छ।


जिल्लाभित्र निर्वाचनलाई निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न तीनवटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी बताए। हरेक मतदानस्थलमा पाँचजना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले सुनाए । 

गोरखा जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा  एक लाख १५ हजार तीन सय ९७ मतदाता छन् । जसमा ५८ हजार २२ जना महिला र ५७ हजार तीन सय ७५ जना पुरुष छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् । दुई नम्बर क्षेत्रमा रहेका कूल मतदातामध्ये ५२ हजार तीन सय ९९ जना पुरुष र  ५२ हजार आठ सय १४ महिला मतदाता छन् ।