close

सापकोटाले भोट हालेको केन्द्रमा झडप

सापकोटाले भोट हालेको केन्द्रमा झडप

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । पूर्वसभामुख अग्नि सापकोटाले भोट हालेको केन्द्रमा झडप भएको छ ।

उनले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डेबाट मतदान गरेका हुन् । त्यहाँ एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको छ ।

माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका हुन् ।

सुरक्षाकर्मी तत्काल खटाइएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।