close

चितवनमा विप्लवका एक कार्यकर्तालाई गोली लाग्यो

चितवनमा विप्लवका एक कार्यकर्तालाई गोली लाग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेमतदान विथोल्न खोज्दा प्रहरीले गोली चलाएको छ । गोली लागेर एक कार्यकर्ता घाइते भएका छन्। 

चितवनको क्षेत्र नम्वर १ अन्तर्गगको राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाले मतपेटिका नियन्त्रणमा लिई जलाउन खोजेको थियो। 

मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको थियो।

उक्त क्रममा गोली लागेर विप्लवका एक कार्यकर्ता घाइते भएको नेपाल प्रहरीकी बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले बताइन्।

गोली चलेपछि उनीहरु भागेका थिए। मतदानस्थल तनावपूर्ण भएपछि करिब २ घण्टा मतदान रोकिएको थियो।

स्थिति सामान्य भएपछि  सुरक्षा कडाइका साथ पुन मतदान प्रक्रिया सुरु भएको छ।