close

मकवानपुरमा मतगणना सुरु

मकवानपुरमा मतगणना सुरु

Trulli
ADVERTISEMENT

मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । 

आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मत खसेको थियो । 

तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।