close

झिनो मतान्तरले बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार चौधरी विजयी

झिनो मतान्तरले बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार चौधरी विजयी

Trulli
ADVERTISEMENT

बर्दिया । बर्दिया क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएको छ ।

२६ हजार पाँच सय २० मत सहित उनी सो क्षेत्रबाट निर्वाचित भएका हुन् । उनले निकतम् प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । 

माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए ।

यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए ।  राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए ।