close

भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन आयोगको निर्देशन

भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन आयोगको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय भूमी आयोगले भूमिहीन सुकम्वासी र अव्यस्थित रुपमा बसोबास गर्दै आएको बस्ती तत्काल नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै मुलुकभरका स्थानीय तहलाई साे निर्देशन दिएको हो । 

आयोगको सूचनामा उल्लेख गरिएको छ, 'तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती हटाउन यो सूचना जारी गरेको छ ।' 

आयोगले भूमिहीन सुकुम्बासीको असुरक्षित हुने कुनै पनि कार्य नगर्न समेत स्थानीय तहलाई निर्देशन दिएको छ । 

सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण लगायतका कामहरू निर्वाचन आचार संहिताको कारण स्थगित भएको भएपनि आयोगले सोही सूचनामार्फत जानकारी दिएको छ । अब तत्काल सो कार्यक्रम अगाडि बढाउनको लागि आवश्यक तयारी भइरहेको आयोगले उल्लेख गरेको छ ।