close

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

Trulli
ADVERTISEMENT

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । 
    
कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गरेका हुन् ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक  निर्वाचन जितेका हुन् । उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए । 

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७  मत खसेको थियो ।