close

देशभर चिसो बढ्दै, सर्तक रहन आग्रह

देशभर चिसो बढ्दै, सर्तक रहन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । गत चौबिस घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

 दिउँसो घाम लागे पनि बिहान र बेलुका चिसो बढेको जल तथा मौसक विभागले जनाएको हो । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।

महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराईरमधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो मध्याह्नसम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।


हुस्स(कुहिरोसँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ ।