close

गाउँपालिकाले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी विकास गर्नेछ : प्रधानमन्त्री देउवा

गाउँपालिकाले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी विकास गर्नेछ : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौँं । नेपाली काँंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय  गाउँपालिका महासंघको तेस्रो महाधिवेशनको सम्बोधन गरेका छन् । आइतबारबाट कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनमा प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन् । 

उनले कार्यक्रममा समाजको लैंगिक हिंसा र बालविबाह हटाउनको लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । उनले  लैंगिक हिंसा र  बालविबाह हटाएर स्थानीय  तहको क्षमता अभिवृद्धि गर्न आवश्यक  रहेको उल्लेख गरे । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिकालाई दिएको अधिकारको प्रयोग गरी जनताको आवश्यकता अनुसारको विकासको काम गर्न उनले निर्देशन दिए । उनले गाउँपालिकाले क्षेत्राधिकारलाई मध्येनजर गरी स्थानीय जनताको माग र आवश्यकता पुरा हुने विश्वास व्यक्त गरे ।