close

स्थानीय तहको विकास भए मुलुकको विकास हुन्छ : ब्यान्जु

स्थानीय तहको विकास भए मुलुकको विकास हुन्छ : ब्यान्जु

Trulli
ADVERTISEMENT

काठमाडौँ । नगरपालिाका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जुले स्थानीय तह बलियो नभएसम्म मुलुकको विकास नहुने बताएका छन् ।  राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो महानधिवेशनमा सहभागी भएका उनले  यस्तो बताएका हुन् ।

उनले नेपालको संविधानले स्थानीय तहलाई बहाल कर उठाउने जिम्मेवारी दिएको बताए । तर तर संघीय सरकारले ठुला कम्पनीको कर आफू लिने र सानासाना कर मात्र स्थानीय सरकारलाई दिएको उनको आरोप छ । उनले संघीय सरकार आफैले संविधानको व्यवस्था नमानेको बताए । 


' सन् २०३० सम्ममा दिगो विकास हाँसिल गर्ने लक्ष्यमा हामी छौँ। हामीले यसको लागि के गर्यौँ ?', उनले भने, 'नेताहरू पारदर्शी, उत्तरदायी, जिम्मेवार भएन भन्ने आलोचना आउँछ। आफुले गरेको गल्ती अरूलाई थोपार्नु हुँदैन । अरूलाई देखाउन मात्र हैन।' 

उनले आत्म सन्तुष्टिको लागि पनि आफ्नो पालिकाको भलाइमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले स्थानिय तहको लागि संसदमासात ओटा मात्र कानुन बनाएको बताए । स्थानीय सरकारको लागि बनाएका नीतिनियम भएपनि आवश्यकता अनुरुप नभएकोले विकास निर्माण कार्यमा समस्या भएको उनको अनुभव छ । 

आन्तरिक स्रोत बढाएर र आवश्यक कानुन बनाएर स्थानीय तहलाई बलियो बनाउनु पर्ने उनको धारणा छ । 


उनले भने,  'तीन तहको साझा अधिकार मात्र छुट्याउँछ। प्रदेश सरकार र स्थानिय तहको समानता र अन्तर छुट्यान सकिएको छैन। संघ र स्थानिय तहको अवस्था उस्तै छ।'