close

पालिकाले नगरसभाभन्दा बाहिर बजेट खर्च गर्दै

पालिकाले नगरसभाभन्दा बाहिर बजेट खर्च गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलवालले स्थानीय तहले नगरसभाभन्दा बाहिर रहेक बजेट खर्च गरेको आरोप लगाएका छन् । राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो महाधिवेशनमा पुगेका उनले पालिकाले नगरसभा पास नगरेका विषयमा पनि बजेट खर्च गरेको बताएका हुन् । 

उनले स्थानीय तहले पाएका अधिकार अनुसार विकासले गति लिएको बताए । स्थानीय सरकारले लिन सक्ने अधिकार समेत संघले लिने गरेको उनले सुनाए । 

उनले सिडिओलाई शान्ति सुरक्षा र नागरिकताको काम दिइएको बताए । ' तर हामी बढि जिम्मेवार दिएर स्थानीय तहको जिम्मेवारीलाई कमजोर बनाइरहेका छौँ,' उनले भने 

उनले स्थानीय तहका जनप्रतिनिधिलाई कुनै राजनीतिक दलको पूर्वाग्रहमा नलागेर साझा विकासमा लाग्न अनुरोध समेत गरेका छन् ।