close

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ: प्रधानमन्त्री देउवा

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ: प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन्। 

ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।’

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए। प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरे। 

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिए।