close

जुम्लामा पालिकाका प्राविधिकलाई तालिम

जुम्लामा पालिकाका प्राविधिकलाई तालिम

Trulli
ADVERTISEMENT

जुम्लाका स्थानीय तहका प्रविधिकलाई गृह मन्त्रालयको आयोजनामा ‘कोबोकलेक्ट मोबाइल एप्स’ विषयक अभिमुखीकरण तालिम दिइएको छ । उक्त मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखाले विपत्मा घर भत्किएमा घटनास्थलबाटै ‘अपलोड’ गर्न सकिने गरी सो एप्सबारे तालिम दिएको हो ।

मन्त्रालयका उपसचिव धु्रवबहादुर खड्का, सूचना प्रविधि अधिकृत यूवराज भण्डारीसहितको टोलीले स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपत् शाखा र विपत् व्यवस्थापन समितिका पदाधिकारीलाई विद्युतीय प्रणालीको एप्स ‘डाउनलोड’देखि तस्बीर र फोटो कसरी ‘अपलोड’ गर्ने विषयमा जानकारी गराएको थियो ।

अधिकृत भण्डारीले  योभन्दा  पहिला ६७ वटा जिल्लामा भर्चुअलरुपमा तालिम दिइएकामा अव भौतिक रुपमै जिल्ला जिल्लामा जानकारी गराइएको बताए।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यसबाट स्थानीय तहका विपद् शाखादेखि प्रविधिक सम्मलाई निकै राहत पुगेको बताए । यसवर्षको विपतमा जुम्लामा दुई हजारभन्दा बढी घर क्षति, दश जनाको मृत्यु  र  आठवटै स्थानीय तहमा करोडौँका खेतीयोग्य जमिन क्षति भएको थियो ।