close

भक्तपुरमा साँस्कृतिक गुरुहरुकाे भेला

भक्तपुरमा साँस्कृतिक गुरुहरुकाे भेला

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले साँस्कृतिक गुरुहरुकाे भेला गरेकाे छ । नगरपालिकाकाे स‌ंस्कृति र कलाकाे संरक्षणा गर्नकाे लागि दश वटै वडाका साँस्कृतिक गुरुहरुकाे भेला गरेकाे हाे । 

कार्यक्रममा नगरप्रमुख सुनील  प्रजापतिले नगरपालिकाले कला संस्कृतिलाई जगेर्ना गर्न प्रत्येक वर्ष गाईजात्राको अवसरमा साँस्कृतिक विधाहरुको मूल्यांकन गरी पुरस्कार दिँदै आएकाे बताए । उनले हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्र कार्यान्वयन गर्न राय सुझाव संलकन गर्ने भेलाको उद्देश्य रहेको बताए । 

उनले नगरपालिकाकाे विकासकाे लागि स्थानीय बासिन्दाहरुसँग आवश्यक सल्लाह र सहयाेग लिएकाे बताए । स्थानीयकाे माग र चाहनाकाे पुरा गर्नकाे लागि नगरपालिका र स्थानीय सरकार सधैँ तयार रहेकाे उनकाे भनाइ छ । 

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई साँस्कृतिक राजधानीको रुपमा विकास गर्दै जानुपर्ने र नगरको कला, संस्कृति, सम्पदा संरक्षण गर्दै भविष्यमा साँस्कृतिक नगरको रुपमा विकास गर्ने सोच रहेको जानकारी दिइन् ।