close

सुन्दरबजारमा कोसेली घर बन्दै

सुन्दरबजारमा कोसेली घर बन्दै

Trulli
ADVERTISEMENT

सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा  कोसेली घर निर्माण गरिरहेको छ । 

यहाँ स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

उनले भने, ‘पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई तीव्रता दिएका छौँ ।’

परम्परागत शैलीमा गोलाकारका दुई तलाका कोसेली घर निर्माण भइरहेको उनको भनाइ छ । गत जेठबाट सुरु भएको कोसेली घरको निर्माण अन्तिम अन्तिम चरणमा पुगेको छ । कोसेली घरको माथिल्लो तल्लामा सङ्ग्रहालय हुनेछ । 

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित जैविक मह, भटमास, कोदो, गुन्द्रुक, रक्सी, कागुनु, आलु, फापरलागयत अन्य तरकारी, हातले बुनेका सामग्रीसमेत राखिने छ । यहाँ राखिएका सामग्री अवलोकन तथा खरिद गर्न सकिनेछ ।