close

पाँचपोखरी थाङ्पालमा विपद् प्रतिकार्य अभ्यास तालिम

पाँचपोखरी थाङ्पालमा विपद् प्रतिकार्य अभ्यास तालिम

Trulli
ADVERTISEMENT

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीनदिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ ।

तालिममा आगो, बस दुर्घटना र बाढीबाट प्रभावित भई विपद्मा परेका नागरिकलाई के–कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए।

गाउँपालिकाका चार वडा सचिव र १० शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो । तालिमको राजाराम श्रेष्ठ, हर्षमान महर्जन र टीका महर्जनले सहजीकरण गरेका थिए । दैवी प्रकोपको तयारीका बारेमा जनचेताना फैलाउने उद्देश्यले गरेको सो कार्यक्रममा दैवी प्रकोप आएको नाटकीय प्रदर्शन गरिएको थियो ।

यो अभ्यास वर्षा सुरु हुनुअघि, प्राक्टिकल एक्सनले दैवी प्रकोप न्यूनीकरण कार्यक्रमअन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएको छ । यस्ता तालिम विपद् जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाका सदस्यसचिव नारायण बन्जरा क्षेत्रीले बताए।