close

नवनियुक्त प्रधानमन्त्री दाहालद्धारा सपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री दाहालद्धारा सपथ ग्रहण

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्या भण्डारीसामु शपथ ग्रहण लिएका छन् । सोमबार दिउँसो उनले राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर शपथ ग्रहण गरेका हुन् । 

उनी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत ७ दलको समर्थनमा पुष १० प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । 

आजै अन्य मन्त्री तथा उपप्रधानमन्त्रीले पनि समथ ग्रहण लिने छन् ।