close

मेरिङदेनमा तीन घर जलेर नष्ट

मेरिङदेनमा तीन घर जलेर नष्ट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ। मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । 

आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए ।

भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । 

घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाकाे प्रहरीचौकीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।