close

थाहा नगरस्तरीय अन्तर मावि विज्ञान प्रदर्शनी

थाहा नगरस्तरीय अन्तर मावि विज्ञान प्रदर्शनी

Trulli
ADVERTISEMENT

मकवानपुर । थाहा नगरपालिकामा थाहा नगरस्तरीय अन्तर मावि विज्ञान प्रर्दशनी प्रथम तथा जिल्लास्तरीय प्रतियोगिता दोस्रो सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुल् प्रदर्शनी गरेका थिए । 

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि आयोजित सो प्रदर्शनीमा नगरभित्रका माध्यमिक तहका विद्यार्थीहरुले सहभागीता जनाएको जनाइएको छ । 

प्रदर्शनीमा सहभागी भएको विद्यार्थीहरुले विज्ञानसम्बन्धी विभिन्न प्रदर्शनी गरेका थिए । कार्यक्रममा हिमालय इङ्लिस बोर्डिङ स्कूल प्रथम भएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा प्रथम भएको विद्यालय र उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।