close

पाटन दरबार स्क्वायर परिसरमा फोटो खिच्न महानगरसँग अनुमति लिनु पर्ने

पाटन दरबार स्क्वायर परिसरमा फोटो खिच्न महानगरसँग अनुमति लिनु पर्ने

Trulli
ADVERTISEMENT

ललितपुर ।  विश्वसम्पदा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र अनुमतिबिना कुनै पनि कार्यक्रम गर्न नपाइने भएको छ । ललितपुर महानगरपालिकाले आइतबारदेखि पाटन दरबार स्क्वायर क्षेत्रमा  अनुमति बिना कार्यक्रम गर्न बन्देज लगाएको छ । 

महानगरपालिका भित्रको ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नको लागि सो निर्णय गरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । उनका अनुसार दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेशदेखि विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाएको हो ।

दरबार क्षेत्रमा जथाभावी कार्य गर्नले सम्पदामा क्षति पुगे र संरक्षण गर्न आवश्यक भएकाले महानगरपालिकाले सो निर्णय गरेको उनले बताए । 

 उनले पछिल्लो समय दरबार क्षेत्रमा भिख माग्ने, अनुमतिबनिा फिल्म तथा फोटो सुटिङ गर्ने, जथाभावी टिकटक बनाउने जस्ता कार्य गरी धार्मिक र साँस्कृतिक पक्षमा आँच आउने कार्य गरेकोले सो कार्य गर्न प्रतिबन्ध लगाएको हो ।