close

जनताको गुनासो सुन्न घुम्ति शिविर

जनताको गुनासो सुन्न घुम्ति शिविर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाले वडा नम्बर ५ को कार्यालयले एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । स्थानीय बासिन्दाको सहजताको लागि वडा कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

वडा अध्यक्ष दावा त्यम्बा तामाङका अनुसार वडाबासीको विषयगत गुनासो सुनेर समाधान गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनका अनुसार शिविरमार्फत् वडाबासीको माग र आवश्यकता पहिचान गर्ने सहज हुने छ । 

उनले घुम्ती शिविरमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा नागरिकसँग छलफल गरिने बताए  । शिविर पुष १९ गते वडा कार्यालयमा हुने जनाइएको छ । 

शिविरमा स्वास्थ्य सेवा, अपाङ्गता परिचयपत्र वितरण, कृषि सेवा, माटो परिक्षण, चुन वितरण, पशु सेवा तथा अन्य विभिन्न सेवा सञ्चालन गरिने उनले बताए ।