close

चन्द्रागिरीको जनप्रतिनिधि र कर्मचारीको गाडीमा जिपिएस उपकरण जडान

चन्द्रागिरीको जनप्रतिनिधि र कर्मचारीको गाडीमा जिपिएस उपकरण जडान

Trulli
ADVERTISEMENT

 काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको जनप्रतिनिधि  र कर्मचारीको गाडीमा जिपिएस ट्रयाकिङ  उपकरण जडान गरेको छ । नगरपालिकाले पालिकाको जनप्रतिनिधि  र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उपकरण जडान गरेको हो । 


नगरप्रमुख घनश्याम गिरीका अनुसार पालिकासँगै वडाकार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिको सवारी साधनमा उपकरण जडान गरेको हो ।  कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने विश्वास उनको छ । 

उनले सरकारी बिदाको दिनमा बिना अनुमति सरकारी सवारी साधनको प्रयोगमा पनि नियन्त्रण गर्नेछ बताए । उनका अनुसार सो प्रणालील सरकारी सवारी साधनको चोरी पैठारी हुदा पनि तत्काल सचेत भई सोको नियन्त्रण गर्न समेत ठुलो भुमिका खेल्न मद्दत पुग्नेछ ।