close

धरान डेमा सार्वजनिक विदा

धरान डेमा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले पुष २२ गते सार्वजनिक विदा दिने भएको छ । उपमहानगरपालिकाले धरान डेको अवसरमा  पुष २२ गते सार्वजनिक विदा दिएको हो । 

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रम गरी धरान डे मनाउनक लागेको छ । उपमहानगरपालिकाको अनुसार २० गते कार्यक्रमको उद्घाटन गरी सार्वजनिक विदा दिने भनिएपनि एक दिन विदा दिन लागेको हो । 

सो दिन उपमहानगरपालिका अन्तर्गतका कार्यापालिका, वडा कार्यालय, शिक्षा, स्वास्थ्यलगायतको संस्था बन्द हुने  छ। साथै उपमहानगरपालिकाले तीनको कार्यक्रम सार्वजनिक गरेको छ ।