close

दुधौलीमा हात्तीको आक्रमणबाट बच्न अनुरोध

दुधौलीमा हात्तीको आक्रमणबाट बच्न अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुली । दुधौली नगरपालिकाले हात्तीको आक्रमणबाट बच्नको लागि अनुरोध गरेको छ । पछिल्लो समय नगरपालिकाको वडा नम्बर ३, ६ र ९ अन्तर्गत चुरे क्षेत्रमा बस्तीहरुको हात्तीको आक्रमण बढेकोले सचेत हुन अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चुरे क्षेत्रमा पर्ने वस्तीहरुमा हालै जंगली हात्तीको आक्रमण भइरहेकोले सो क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको हो । 

सो क्षेत्रमा हात्ती नभागेसम्म वा सुरक्षित भएको सुनिश्चित नभएसम्म जोखिम बढ्ने नगरपालिकाले जनाएको छ । हात्तीले आक्रमण गर्न आएमा जोखिम हटाउनको लागि स्थानीय सरकारसँग समन्वय गर्नको लागि समेत अनुरोध गरेको छ ।