close

बालबालिकालाई राप्तीको न्यानो कपडा

बालबालिकालाई राप्तीको न्यानो कपडा

Trulli
ADVERTISEMENT

चितवन । राप्ती नगरपालिकाले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

नगरपालिकाका नगरप्रमुख शमशेर लामाका अनुसार नगरको माथिल्लो भेगका विद्यार्थीहरु चिसोमा पढ्दै गरेकोले न्यानो कपडा वितरण गरिएको हो । नगरपालिकाले वडा नम्बर १२ का १८३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

अन्य क्षेत्रको बालबालिकालाई पनि लुगा वितरण गर्ने लक्ष्य नगरपालिकाको छ । तर आवश्यकताको अनुसारको कपडा बजारमा नभएकोले क्रमश अरु क्षेत्रका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिने उनले सुनाए ।