close

स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले  फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । 

चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पु¥याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

अध्यक्ष चुमानले भने, 'लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पु¥याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।'

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिए । फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उनले बताए। युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ । 

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आएका छन् ।