close

अग्निकुण्ड रामसागर पोखरीको सौन्दर्यकरण कार्य शिलान्यास

अग्निकुण्ड रामसागर पोखरीको सौन्दर्यकरण कार्य शिलान्यास

Trulli
ADVERTISEMENT

जनकपुरधाम ।  श्रीराम युवा कमिटी (बौद्धिमाई मन्दिर) छेउमा रहेको अग्निकुण्ड रामसागर पोखरीको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ । आज हिन्दू परम्पराअनुसार एक विशेष कार्यक्रम गरी सागरको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले शिलान्यास गरेको सो सौन्दर्यकरण योजनाका लागि करबाहेक रु दुई करोड ६३ लाख ५६ हजार नौ सय १३ बजेट विनियोजित गरिएको छ । 

विसं २०८० जेठ २५ गतेसम्म सागरको घाट निर्माण तथा सौन्दर्यकरणको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । योजनाको ठेक्का श्रीजय धनन्जय र रहबानी जेभीले जलेश्वर महोत्तरीले पाएको छ ।