close

सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्दै पाेखरा महानगर

सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्दै पाेखरा महानगर

Trulli
ADVERTISEMENT

पाेखरा। पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका हुने भएको छ। जसकालागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ ।

पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ ।

महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताए। आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवद्र्धनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।

अत्याधुनिक सुविधासहित बन्ने शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध हुने जनाइको छ । महेन्द्रपुलमा रहेका जीर्ण संरचना हटाएर सोही स्थानमा चमेनागृहसहितको सार्वजनिक शौचालय बनाउन लागिएको हो । 

एनआरएनका कार्यकारी अध्यक्ष रविना थापाले नागरिकको दैनिक सेवासँग जोडिएको आधुनिक सार्वजनिक शौचालय निर्माणमा महानगरसँगको सहकार्यले आफूहरु उत्साहित बनेको बताइन्। उनले सहरी पूर्वाधार र स्वच्छता प्रवर्द्धनका अन्य योजनामा पनि महानगरसँग हातेमालो गर्न एनआरएन तयार रहेको उल्लेख गरिन् ।

सम्झौताअनुसार महानगर र एनआरएनको संयुक्त लगानीमा महेन्द्रपुलको उत्तरतर्फ पाँच आना क्षेत्रफलमा सार्वजनिक शौचालय र चमेनागृह बन्नेछ । उक्त योजनामा एनआरएनले रु ६० लाख र महानगरले रु ४० लाख बराबरको खर्च व्यहोर्नेछ । पोखराका १५ स्थानमा महानगरले बनाएका र ६० बढी स्थानमा साझेदारीमा निर्माण गरिएका सार्वजनिक शौचालय छन्।