close

विष्णुपुरका शैक्षिक क्रियाकलाप भोलिदेखि बन्द

विष्णुपुरका शैक्षिक क्रियाकलाप भोलिदेखि बन्द

Trulli
ADVERTISEMENT

सप्तरी । विष्णुपुर गाउँपालिकाले शैक्षिक क्रियाकलाप बन्द गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पुष २५ गतेदेखि पुष २९ गतेसम्म शैक्षिक क्रियाकलाप बन्द गर्न अनुरोध गरेको हो । 

तराई क्षेत्रमा अत्याधिक हुस्सु, कुहिरो र शितलहर कारण चिसो बढेकोले शैक्षिक क्रियाकलाप बन्द गर्न गाउँपालिकाले अनुरोध गरेको छ । चिसोको कारणले गर्दा बालबालिकाको स्वास्थ्यमा असर परेको पठनपाठनमा समस्या भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको अनुसार स्थानीय पर्व विदा कटौती हुने गरि संस्थागत तथा सामुदायिक विद्यालय बन्द गरिने छ ।