close

आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता

आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा  आत्मकथा तथा स्मरण लेखन सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत आत्मकथा तथा स्मरण लेखन सम्पन्न भएको हो ।
 
कार्यक्रमअन्तर्गत महिलालाई आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले  जानकारी दिए ।   प्रतियोगितामा नगरपालिकाका ४० जना महिलाले भाग लिएका थिए । 

प्रतियोगितामा रञ्जना पोखरेल पहिलो, गीता बराल दोस्रो, सिर्जना पौडेल तेस्रो, ईश्वरी खकुरेल त्रिपाठी र सर्वानन्दा सरस्वतीले सान्त्वना पुरस्कार पाउनुभएको थियो । पहिलो हुनेलाई रु सात हजार, दोस्रो हुनेलाई रु पाँच हजार, तेस्रो हुनेलाई रु चार हजार र सान्त्वना हुनेलाई रु दुई–दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले महिलालाई साहित्यिक क्षेत्रमा अघि बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छिन्। प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।