close

धनगढीको टिकटक प्रतियोगितामा लोकेन्द्र बहादुर पालज्यू विजयी

धनगढीको टिकटक प्रतियोगितामा लोकेन्द्र बहादुर पालज्यू विजयी

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित टिकटक प्रतियोगितामा लोकेन्द्र बहादुर पालज्यू विजयी भएका छन् स्वच्छता बिषय सम्बन्धी टिकटक प्रत्योगीतामा मंसिर महिनामा पालज्यू विजयी भएका हुन् ।

उपमहानगरपालिकाका नगरप्रमुख गोपल हमालको अनुसार सो विषयमा निर्माण भएको टिकटकमध्ये सबै भन्दा बढी मन पराईएको, हेरिएको र प्रतिक्रिया गरेको आधारमा उनी प्रथम भएका हुन् । 

विजयी पालज्यूलाई पालिकाले १५००० रुपैयाँ पुरस्कार वितरण गरिएको उनले बताए । उनले उपमहानगरपालिकाको पुस महिनामा टिकटक प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतियोगितामा सहभागी भएका प्रतियोगीले  तपसिल बमोजिमका ह्यासट्याग प्रयोग गरि भिडियो सामाग्री टिकटक मार्फत सार्वजनिक गर्नुपर्ने र महिनाको अन्तिममा सहभागीहरुले (पहिलो र उत्कृष्ट)का लागी दाबी गर्नुपर्ने उनले बताए ।