close

मन्थलीमा सार्वजनिक सुनुवाई तथा घुम्ति शिविर

मन्थलीमा सार्वजनिक सुनुवाई तथा घुम्ति शिविर

Trulli
ADVERTISEMENT

रामेछाप । मन्थली नगरपालिकाले सार्वजनिक  सुनुवाई तथा एकीकृत घुम्ति शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी माघ १० गते सो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

कार्यक्रममा नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह भएका सेवा, विकास निर्माण कार्य, योजनाको विषयमा गुनासो सुनुवाइ, सवालजवाफ, नागरिकसँगको सम्बन्धमा रचनात्मक सुधार गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । 

कार्यक्रम माघ १० गते मंगलबार बिहान १० बजेदेखि वडा नम्बरमा ४ हुने जनाइएको छ । घुम्ति शिविरमा स्वास्थ्य परिक्षण, माटो परिक्षण, पशुको परिक्षण, परिचयत्रपत्र वितरणलगायतको कार्यक्रम सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले बताए ।