close

विद्यालयलाई कम्प्युटर र टेलिभिजन हस्तान्तरण

विद्यालयलाई कम्प्युटर र टेलिभिजन हस्तान्तरण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयमा सहयोग गरेको छ ।

संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष माया गुरुङले जानकारी दिइन्।

क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा थान टेलिभिजन वितरण गरिएको उनले बताइन्।