close

अनधिकृत रुपमा बनेको घरमा धरानको डोजर चलेपछि...

अनधिकृत रुपमा बनेको घरमा धरानको डोजर चलेपछि...

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले अनधिकृत रुपमा अतिक्रमण बनाएको घरमा डोजर चलाएको छ । उपमहानगरपालिकाले खोला किनारको सार्वजनिक ऐलानी, पर्ति जग्गामा पक्की घर बनाएको भन्दै एक तले पक्की घर डोजरको प्रयोग गरि भत्काएको हो । 

उपमहानगरापालिकाको अनुसार संरक्षण गरी बहुजातिय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेपछि डोजर प्रयोग गरी भत्काएको हो । सो क्षेत्रमा उपमहानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेको जनाइएको छ  । 


घर भत्काउँदा स्थानीयले उपमहानगरको डोजरमा आक्रमण गरेका छन् । आक्रमणबाट डोजरमा आंशिक क्षतिमा हुनुका साथै केही व्यक्ति सामान्य घाइते भएका छन् ।